काठमाडौँ । दुबै मृगौला फेल भएर थला परेकी लिला रावललाई बचाउन परिवार, आफन्त र शुभचिन्तक एकजुट भएका छन् । ‘लिला रावल बचाउ अभियान’ संचालन गरेर सहयोग अभियान जारी राखिएको छ । नेपालभित्र र अध्ययन तथा रोजगारीको क्रममा विदेशमा रहेका आफन्त र शुभचिन्तकले मृ’गौला प्रत्यारोपणको लागि सहयोग गरिरहेका छन् ।
लिलाका पति धनबहादुर विस्टका अनुसार अहिले केही सहयोग जुटेको तर यतिले प्राप्त नभएको भन्दै सहयोगको लागि अनुरोध गरेका छन् । “हाम्रो सम्पूर्ण सम्पत्ति उपचारमै सकिएपछि सहयोग लागि अपील गरेका थियौँ, अहिले केही सहयोग जुट्दैछ । तर, यतिले अपुग हुने देखिएकोले सक्दो सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।”
अछामको पञ्चदेवल विनायक नगरपालिका ६ तोली घर भएकी २५ बर्षीय लिला विगत तीन बर्षदेखि मृ’गौला रोगबाट छन् । काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत लिलाका अहिले दुबै मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहरुले पत्यारोपणको सुझाव दिएका हुन् ।
दुई बर्षीय छोरीकी आमा लिलाले आफूलाई बचाउन सहयोग गर्नेलाई धन्यवाद दिँदै बाँकीलाई पनि सहयोग गर्न अनुरोध गरेकी छन् । उनले मृगौला दिएर बचाउने आफ्नी आमाको सपना पूरा गर्न पनि सहयोग आवश्यक भएको समेत बताइन् । “मेरी आमा मलाई मृगौला दिएर बचाउन मसँगै हुनुहुन्छ तर आर्थिक अभावका कारण प्रत्यारोपण हुन सकेको छैन, आफ्नो मृगौला दिएर मलाई नयाँ जीवन दिने मेरी आमाको सपना पूरा हुने नहुने तपाईँहरुको हातमा छ” लिलाले भनिन् ।
सोही नगरपालिका वडा नं. ७ पुल्लेतोला माइती घर भएकी लिलाले विवाह गरेको केही समयभित्रै रक्तचापको शिकार भएकी थिइन् । विगत तीन बर्षदेखि उपचाररत लिलाका मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहले पत्यारोपण सुझाव दिएका छन् । चिकित्सकको सल्लाहअनुसार लिलालाई मृगौला दिन आमा नौरता रावल तयार भएपनि आर्थिक अभावका कारण सम्भव भएका छैन ।
सहयोग गर्न चाहनेहरुको लागि
खाता न :- 017011090000931
नाम :- Lila Rawal
बैंक :- Sanima Bank Ltd (नेपालगन्ज शाखा )
Direct fone pay गर्न चाहानेहरुका लागि 9762260635 Sanima Bank Ltd Selected गर्नु होला।)
QR गर्ने हरुका लागि Scanner समेत यस सङ्गै समाबेश गरिएको छ।
अन्य जानकारिका लागि सम्पर्क न 9868125586 whatsApp no 9868125586