आज :

आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै, सार्वजनिक विदा

  • अनलाइन डबली

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

सोमबार काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरु भेला भएर यो पर्व मनाउँदैछन् । हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरु बताउँछन् ।

मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal