आज :

शहिदहरूले देखाएको बाटोमा सरकार प्रयत्नशील : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे ।

शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए । ‘शहिद रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ ।’

शहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal