आज :

स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

  • अनलाइन डबली

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समुह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुदै सुपर आठमा पुगेको छ ।

त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal