आज :

आज राती युरो कप- २०२४ सुरु हुँदै, यी हुन् चर्चित खेलाडी

  • अनलाइन डबली

काठमाडौं । युरो कप २०२४ आज रातिदेखि सुरु हुँदैछ । उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ । युरोपका २४ टिम यो खेलमा सहभागी छन् । रुस र युक्रेन युध्दका कारण रुस यो खेलामा सहभागी छैन ।

युरो कपमा खेल्ने  केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप फुटबलमा समेत आफूलाई दर्शकका आँखा स्थान बनाउन सफल भएका थिए ।

केलियन एमबाप्पे (फ्रान्स)

विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम हो केलियन एमबाप्पे । लगातार दुई पटक विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सका लागि आशलाग्दा खेलाडी हुन् । पछिल्लो समय लयमा देखिएका एमबाप्पे फ्रान्सका भरोसालाग्दा कप्तान हुन् । उमेर २५ वर्ष टेकेका एमबाप्पे ड्रिब्लिङ, तीव्र गति र अचूक फिनिसिङका लागि विश्व फुटबल जगतमा परिचित छन् । फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ । यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्ने पक्का छ । एमबाप्पे यस प्रतियोगिताभर हेर्न लायक भूमिकामा रहनेमा दुई मत छैन ।

ब्रूनो फर्नान्डिस, पोर्चुगल

विश्व चर्चित खेल फुटबलका लागि गोलकर्ताको नामले भरिएको पोर्चुगलमा विश्व फुटबलका हस्ति क्रिस्टियानो रोनाल्डोको युग समाप्त हुने समय आइसकेको छ । यस टोलीमा कोही रोनाल्डोको विकल्प हुन सक्छ भने ती हुन् ब्रूनो फर्नान्डिस ।

पोर्चुगलमा गोल गर्ने क्षमता, रचनात्मकता र उत्कृष्ट डिफेन्डरका रुपमा चिनिने खेलाडी मानिन्छुन् फर्नान्डिस ।

सन् २०२३ देखि एक वर्षको अवधिमा फर्नान्डिसले १४ अन्तर्राष्ट्रिय खेलहरूमा नौ गोल र नौ असिस्ट गरेका छन् । म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका उनले एफए कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको यही अनुभवले यस युरो कप प्रतियोगितामा सिंगो टिमको आत्मबल बढाउन सहज हुनेछ । रोनाल्डोपछि पोर्चुगलको कोही खेलाडीमा फुटबल समर्थकको ध्यान हुनेछ भने ती हुनेछन् ब्रूनो फर्नान्डिस ।

जुड वेलिङ्घम, इंग्ल्यान्ड

फ्रान्सपछि युरो कप २०२४ को उपाधिका लागि अर्को बलियो दाबेदार हो, इंग्ल्यान्ड । इंग्ल्यान्डका प्रमुख खेलाडीका रुपमा रहनेछन्, २० वर्षीया जुड वेलिङ्घम । अहिलेसम्म उनले आफ्नो देशका लागि खासै केही गरेका छैनन् । खासमा उनी आफैं नयाँ खेलाडी हुन् । तर रियल म्याड्रिडका लागि उनको पछिल्लो सिजन चामत्कारिक थियो ।

रियलले स्पेनी ला लिगामात्र होइन, युरोपेली च्याम्पियन्स लिग नै जित्यो । त्यसमा सबैभन्दा बढी निर्णायक भूमिका खेल्ने वेलिङ्घम नै हुन् । यी मिडफिल्डर चाहिएका बेला गोल निकाल्न खप्पिस छन् । रियलका लागि पहिलो सिजन उनले १८ गोल गरे । हारको स्थितिमा पनि जीत निकाल्न सक्ने क्षमता रहेका उनी हेर्न आकर्षक खेल प्रदर्शन गर्नेछन् ।

फ्लोरिन विर्ट्ज, जर्मनी

युरो कप २०२४ को आयोजक राष्ट्र हो, जर्मनी । कुनै समय विश्व फुटबलको महाशक्तिका रुपमा प्रदर्शन गर्दै आएको जर्मनीका लागि पछिल्ला केही वर्ष सुखद हुन सकिरहेका छैनन् । तर, आयोजक राष्ट्र भएकै कारणले जर्मनीलाई नकार्न भने सकिँदैन ।

पछिल्लो दई विश्वकपमा पहिलो चरणबाटै आउट भएको जर्मनीका लागि बलियो कमब्याक गर्ने अवसर पनि बन्न सक्छ, युरोकप २०२४ ।

यसै टोलीमा छन्, दुर्लभ प्रदर्शन गर्ने फुटबलर फ्लोरिन विर्ट्ज । उनी जस्तोसुकै समयमा पनि टोलीका लागि अवसर सिर्जना गर्ने खेलाडीका रुपमा चिनिँदै आएका छन् । यस प्रतियोगितामा उनको प्रदर्शन हेर्न लायक हुनेछ ।

फिल फोडेन, इंगल्याण्ड

फिल फोडेनले भर्खरै म्यानचेस्टर सिटीका लागि उल्लेखनीय सिजन समाप्त गरेका छन् । उनले १९ गोल गर्दै प्रिमियर लिगको उपाधि जिताएका थिए । त्यति मात्र होइन, उनी प्लेयर अफ दि सिजन समेत चुनिएका थिए ।

उमेरले २४ वर्ष टेकेका बहुमुखी प्रतिभाका धनी फोडेल गजबको स्ट्राइकरको रुपमा चिनिँदै आएका छन् । युरो कपमा उनको प्रदर्शन हेर्न लायक हुनेछ ।

पेड्रि, स्पेन

यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज यस प्रतियोगितामा प्रभाव पार्न सक्ने खेलाडी हुन् । सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतिर सहि बल खेलाउन सक्ने क्षमता राख्छन् । १९ वर्षीय पेड्रि हाल स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनको प्रदर्शन पनि हेर्न लायक हुनेछ ।

ख्विचा क्वारात्स्केलिया, जर्जिया

जर्जियाले आफ्नो पहिलो प्रतियोगितामा छनोट भएपछि २३ वर्षीय नेपोली विङ्गरले अन्तर्राष्ट्रिय मञ्चमा चम्कने मौका पाएका छन् । आफ्नो देशको लागि ३० खेलमा १५ गोल गरेका रोमाञ्चक नेपोली विङ्गर खविचा क्वारात्स्केलियाको ठूलो भूमिका रहेको छ । क्वारात्स्केलियाले पछिल्लो दुई सिरीज ए सिजनमा आफ्नो क्लबका लागि २३ गोल गरेका छन्, जुन युरोपको सबैभन्दा बढी खोजिने खेलाडीहरूमध्ये एक बनेको छ । पोर्चुगल, टर्की र चेक गणतन्त्रसँगको एकदमै कमजोर समूहमा क्वारात्स्केलियाको व्यक्तिगत प्रतिभाले जर्जियालाई नकआउट चरणमा पु¥याउँदा अचम्म मान्नुपर्दैन ।

टोनी क्रुस, जर्मनी

छ पटक च्याम्पियन्स लिग विजेता टोनी क्रुसले जर्मनी जर्सीमा आफ्नो अन्तिम रोमाञ्चक प्रदर्शन गर्ने अवसर पाएका छन् । सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसकेपछिका ३४ वर्षीय क्रुसको उत्कृष्ट प्लेमेकिङ र उत्कृष्ट साइट–पीस क्षमतालाई प्रशिक्षक जुलियन नागेल्सम्यानले फेरि पनि अनिवार्य रूपमा लिनुपर्ने बताएर खेल्न उनलाई मैदानमा उतार्ने छन् । उनको कमब्यास यस प्रतियोगितामा हेर्न लायक हुनेछ ।

निकोलो बारेला, इटाली

निकोलो बारेला, इन्टर मिलान र इटालियन राष्ट्रिय टोलीका लागि गतिशील मिडफिल्डर, आफ्नो क्लब र देशको लागि महत्वपूर्ण खेलाडीका रूपमा उभिएका छन् । उनको अथक ऊर्जा, प्राविधिक सीप र रणनीतिक बुद्धिमताले उनलाई फुटबल जगतका अपरिहार्य पात्र बनाएको छ ।

यूरो २०२० मा इटालीको जीतमा बारेलाले ठूलो मञ्चमा प्रदर्शन गर्ने क्षमता देखाउँदै महत्वपूर्ण भूमिका खेलेका थिए । युरो २०२४ मा आफ्नो उपाधि रक्षा गर्न इटालीका लागि मिडफिल्डमा बरेल्लाको उपस्थिति महत्वपूर्ण हुनेछ । खेलको टेम्पोलाई नियन्त्रण गर्ने, विपक्षी आक्रमणहरू तोड्ने र प्रतिआक्रमणहरू सुरु गर्ने उनको क्षमता आकर्षक छ । यसबाहेक, जोर्गिन्हो र मार्को भेराट्टी जस्ता अन्य मिडफिल्डरहरूसँगको उनको साझेदारीले इटालीलाई सन्तुलित र बलियो टिम साबित गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal