आज :

गोबिन्द बिस्ट र विपिका रावलले गरे प्रगतिशील विवाह, एक लाखको अक्षय कोष घोषणा

  • अनलाइन डबली

काठमाडौं । अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विस्टले कैलाली टिकापुरकी विपिका रावलसँग प्रगतिशील विवाह गरेका छन् । शुक्रबार काठमाडौंस्थित इच्छुक प्रतिस्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी देश, जनता र कम्युनिस्ट मूल्य मान्यतालाई आत्मसात गर्दै सँगै जीवन यात्रा गर्ने प्रतिवद्धता जाहेर गरे ।

पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र आफन्तजन सहभागी विवाह कार्यक्रम एक अर्काले माला र अबिर लगाएर सम्पन्न भएको थियो ।  खडक विष्ट(बरका काका) र बिर्ख रावल (बधुका दाजु)ले अभिभावकको तर्फबाट शुभकामना दिएका थिए ।

वैवाहिक कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोलाले बर बधुलाई बधाई तथा शुभकामना दिँदै समाजमा विद्यमान परम्परको विरुद्धमा गएजस्तो देखिएपनि प्रगतिशील विवाहले दिर्घकालिन पक्षलाई मजबुद बनाउने विश्वास गरे ।

त्यस्तै, पार्टीका सिताराम तामाङले १० वर्षे जनयुद्धले स्थापित गरेका यस्ता परम्परा बिस्तारै फिक्का हुँदै गएको अवस्थामा यो विवाहले नव जोडीहरुलाई हौसला दिने बताए ।

नवगठित श्रमिक कम्युनिस्ट पार्टी संयोजक पूर्ण सिंह ‘समरजंग’ ले बिकृत नेपाली समाजमा जनवादी र प्रगतिशील संस्कृतिमा रुपान्तरित गर्न सघाउ पर्याउने विश्वास लिए ।

हस्य कलाकार सुवोध गौतम, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का अध्यक्ष नरेन्द्र विश्वकर्मालगायतले बिस्ट र रावलको नव जोडीलाई बधाई तथा शुभकामना दिएका थिए ।

बर तथा बुधुले आफूहरु जीवनका हरेक परिस्थितिरुमा एकअर्कामा समर्पित हुने मात्रै नभएर पार्टी र परिवर्तनप्रति समर्पित हुने प्रतिबद्धता जाहेर गरेका थिए । उनिहरुले विवाह कर्ममा हुने फजुल खर्चलाई १ लाखको अक्षय कोष जम्मा गरेर समाज रुपान्तरण कार्यमा लगाउने घोषणा पनि गरेका छन् ।

आयोजक अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईले अध्यक्षता गरेको सो प्रगतिशील विवाह कार्यक्रमलाई विद्यार्थी नतृ रुपा बुढा सञ्चालन गरेकी थिइन् ।

ब्राम्हण राखेर,जग्गि पुरेर, हैसियतअनुसार सके पाँचतारे होटल नभए ब्याङ्केट बुक गरेर, हजारौंलाई निम्ता गरेर, बहुमूल्य गहना प्रदर्शन गरेर, नभए पनि लाखौंको ऋणपान काडेर खोक्रो आडम्बर देखाउनेदेखि दुलई पक्षबाट दाइजो बार्गेनिङ राखेर गरिने वर्तमान परम्पराको कुरुपतालाई बलियो झपट भएको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal