आज :

फणिन्द्र देवकोटाः माओवादीबाट चुनाव जिते, काँग्रेसलाई मत दिएर मन्त्री बने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट चुनाव जितेका फणिन्द्र देवकोटा मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गरेका थिए । उनलाई आजै शपथ खुवाएका छन् ।

देवकोटाले माओवादी केन्द्रले जारी गरेको ह्वीप जारी गरेको थियो ।

त्यसैगरी पाण्डेले दिपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्रीको शपथ खाएका छन् ।

सोमबार मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत लिने क्रममा देवकोटा र मनाङेले फ्लोर क्रस गरेर मत दिएका थिए । पाण्डेले कांग्रेसका २७, राप्रपाका २, मनाङे र देवाकोटाले विश्वास मत दिएका थिए । विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal