आज :

हेटौँडा अस्पतालले प्रकोप व्यवस्थापनको अभ्यास गर्यो

  • अनलाइन डबली

हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४, प्रहरी अस्पताल र ओल्ड हेल्थ अर्जनाइजेसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यस्तो अभ्यास हेटौँडा अस्पतालमा पहिलोपटक गरिएको बताइएको छ । अस्पतालका मेसु डा. श्रीधर अर्यालले प्रकोपको अवस्थामा पूर्व तयारीको लागि यो अभ्यास गरिएको जानकारी दिए ।

त्रिखण्डीमा गरिएको सिमुलेसन अभ्यासपछि नाटकीय घाईतेहरूलाई अस्पतालमा ल्याई उपचार अभ्यास गरिएको थियो । अस्पतालले आगामी दिनमा यस्ता अभ्यास निरन्तर गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal