आज :

कोशी, बागमती र गण्डकीमा पानी पर्ने, बढी बर्षा हुने भन्दै नार्कले दियो यस्तो चेतावनी 

  • अनलाइन डबली

काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसकारण हाल आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यसैबीच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यो मनसुनमा बढी बर्षा हुने भन्दै सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको जनाएको छ । नार्कले सम्भावित जोखिम न्यूनीकरण गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो ।

सोमबारदेखि भित्रिएको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal