आज :

व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति हावी : ओली

  • अनलाइन डबली

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उनले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

उनले भने, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन् । र, त्यो सँगै स्वार्थी पनि भईरहेका छन् । त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहिँ कहिँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको होकी जस्तो लाग्छ । त्यसैले पनि यो अवस्थामा आफ्नो इच्छाले गर्ने स्वयंसेवा महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले  स्वयंमसेवा पवित्र र पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने भन्दै पछिल्लो समय अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिएको टिप्पणी गरे । उनले भने, ‘स्वयंमसेवा पवित्र कार्यमा पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने हो । अलिक बर्ता अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिन्छ । अलिक बर्ता बहकिएर पनि स्वयंमसेवा गरेको देखिन्छ । जे सुकै भएर गरेतापनि स्वयंमसेवाले मानिसको मन मष्तिष्कलाई पवित्र बनाउने काम चाँही गर्छ । हामी कुनै अन्यौलमा होइन् । मन मष्तिष्कबाट स्वयंमसेवा गर्नुपर्छ ।’

उनले पार्टीभित्र हुने प्राय कामहरु पार्टीका सदस्यहरुको स्वयंसेवाबाट नै हुने गरेको जिकिर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal