काठमाडौं। आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष अरुण घिसिङले अब लिम्बुवान किराँतको कमान्ड सम्हाल्ने भएका छन्। जेठ दोश्रो साता सम्पन्न पार्टी पदाधिकारीहरुको बैठकले उनलाई किराँत लिम्बुवान प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएसंगै उनले सो प्रदेशको कमान्ड सम्हालेका हुन्।
सो बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै उपत्यकासहित सबै प्रदेशको इन्चार्ज तोकेको थियो।घिसिङ यसअघि ताम्सालिङ नेवास्इञ्चार्ज थिए। ताम्सालिङ नेवास्को इन्चार्ज रहँदा राजधानीमा गत चैत २४ गते पार्टीले आयोजना गरेको जन आन्दोलन दिवसको अवसरमा खबरदारी सभाको नेतृत्व घिसिङले गरेका थिए।राजनीतिक रुपमा परिपक्व ,बैचारिक रूपमा पोख्त र संगठन निर्माणमा सशक्त घिसिङले कमान्ड सम्हालेपछि त्यस क्षेत्रमा संगठन बलियो बन्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन्।
सो पार्टीले दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोड़ कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ। भ्रष्ट्राचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरु असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकार्वाही गर्ने घोषणा समेत सो पार्टीले गरेको छ।


अनलाइन डबली


