काठमाडौँ । पाकिस्तानी राजदूतावासले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले आज निमाण भएको यस पार्कको एककार्येक्रमका बीच उत्घाटन गर्नुभयो ।
निर्माण भएको पार्क हस्तान्तरण कार्यक्रममा वडा नं ८ गोलफ्तार काठमाडौंका अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याल, बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क सञ्चालनका लागि बुढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौं र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गर्नु भयो । उनले पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र सबैलाई हार्दिकता प्रदान गर्नुभयो । उनले यो पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको र यहाँका जनताबीचको बलियो सम्बन्ध झल्काउने बताउनु भयो ।
पाकिस्तान-नेपाल मैत्री पार्क पाकिस्तान र नेपालका जनताको साझा आकांक्षा र मित्रतामा समर्पित रहेको छ। पार्कले सबै उमेर र सबै क्षेत्रका मानिसहरूका लागि साझा स्वास्थ्य सुविधाको रूपमा सेवा गर्ने बिश्वास गरिएको छ। उक्त सुविधाका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास र स्थानीय नगरपालिकालाई धन्यवाद दिए । उनीहरुले ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुसी व्यक्त गर्दै बालबालिका तथा वृद्धवृद्धाहरुले पार्क निर्माणले स्वास्थ्यको हितका लागि प्रयोग गर्ने बिश्वास लिएका छन् ।