आज :

एनआरएनए अध्यक्ष विनोद कुँवरलाई पत्नी शोक, आज अन्त्येष्टी

  • अनलाइन डबली

काठमाडौँ । ग्लोबल एनआरएनए फाउण्डेसनका अध्यक्ष विनोद कुँवरलाई पत्नी शोक परेको छ । दक्षिण कोरियाको सोलस्थित एक अस्पतालमा उपचारको क्रममा ५० बर्षीय लि जी हयूँगको बुधवार निधन भएको हो ।

केही समयदेखि सोलस्थित सेभेरेन्स अस्पतालमा क्यान्सरको उपचार गराइहेकी हयूँगको सम्झना तथा सम्मानको लागि आज श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको अन्तिम संस्कार गरिने छ ।

एनआरएनएको १० ‍औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका कुँवर लामो समयदेखि कोरिया बस्दै आएका छन् । कुँवरले कोरियाका लगानीकर्तालाई नेपाल भित्र्याउने र नेपालमा विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal