मध्यपुर । विश्व आमा बुबा दिवस को उपलक्ष्यमा काठमाडौँ हनुमानढोका स्थित रहेको शार्लदुल जंग गुल्मले असाहय बृद्द बृद्दाको लागि खाद्यान्न हस्तान्तरण गरेको छ। मध्यपुर ठिमी नगरपालिका ८ चंदेश्वरि मार्ग,बोडे स्थित रहेको श्री द्योमां जगत वृद्धश्रमलाइ गुल्ममा रहेका सैनिकले बचाएको रासन शनिबार एक कार्येक्रम गरि हस्तान्तरण गरियको हो।
बि स २०६४ मा स्थापना भएको यस वृद्दाश्रमले २३ जना बृद्द बृद्दालाइ आश्रय प्रदान गर्दै आएको छ।
गुल्मका सेनानी पूर्ण प्रजापतीले असाहय आमाबुबाहरुलाई आफुहरुले बचाएर राखेको रासन सामाग्री हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताउनु भयो । वृद्धश्रमले चन्दा सहयोग संकलन बात दिन दुखि असाहय बृद्द बृद्दालाइ सेवा गर्दै आएको यस सस्थाका लागि आफुहरुले पनिकेही सहयोग गर्नु पर्ने सामाजिक दायित्व अन्तर्गत कार्येक्रम आयोगना भएको उहाले बताउनु भयो ।
वृद्धश्रमका ब्यबस्थापक प्रेम चन्द्र अदवा , वडा अध्क्षय रमेस थापाले गुल्म प्रति आभार ब्यक्त गर्नु भयो ।


अनलाइन डबली



