काठमाडौँ । हेलम्बुवासीहरुले आफुहरुले राखेका माग पूरा नगरेसम्म काठमाडौंमा मेलम्चीको नपठाउने चेतावनी दिएका छन् ।
काठमाडौंमा मंगलबार आज आयोजित एक कार्यक्रममा हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले आफुहरुको माग सरकारले पुरा नगरे आगामी दिनमा मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएको हो ।
उपाध्क्षय लम्सालले स्थानीहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाउनु भयो ।
उहाँले बजेटमा नै सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने उहाको भनाइ छ ।