पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटेको हो ।
भारतबाट घटेर आएसँगै नेपालमा पनि मूल्य घटाइएको निगमले जनाएको छ । आमउपभोक्ताले अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउने छ ।
यसै गरि , डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।