आज :

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

  • अनलाइन डबली

ललितपुर। नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ ।  नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सहकार्यमा सो कार्यक्रम हुने भएको हो । सम्मेलन जेठ १९ र २० गते हुने छ ।

बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सम्मेलनमा नेपालसँगै, भारत, बङ्गलादेश र भुटानका गरी १५० जना पत्रकारको उपस्थिति रहने जानकारी दिएको छ । धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.स १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म र नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो । सोही सन्दर्भलाई लिएर वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णयअनुरुप सम्मेलन गर्न लागिएको हो ।

जेठ १९ गते शनिबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्मेलनको उद्घाटन  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबात हुने  राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताए । उद्घाटनपछि विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता, विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन जेठ २० गते आइतबार मध्यपुर ठिमी नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशहरुमा मातृभाषा पत्रकारिताको प्रवृति र आगामी दिशामा प्यानल छलफल हुने  कार्येतालिका रहेको छ ,भने  त्यसपछि घोषणापत्र जारीगरी सम्मेलन समापन गरिनेछ ।

पत्रकार राष्ट्रिय दबूले धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रिका प्रकाशन गर्नुभएकाले उहाँलाई पहिलो मातृभाषाको पत्रकारको रुपमा विगत ९ वर्षदेखि  मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको छ । पत्रकार राष्ट्रिय दबूले २०७५ जेठ २ गते बुधबार र २०७९ असार २१ मङ्गलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरेको थियो । यस पटक सो विषयलाई अन्तर्राष्ट्रिय गरी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राईले यस सम्मेलनले आदिवासी जनजाति पत्रकारले विशेष एजेण्डाका रुपमा उठाइरहेको मातृभाषा पत्रकारिताको विकासको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा उठान गरी त्यसको सम्बोधनका लागि बृहत् ध्यानाकर्षण गराइने बताउनुभयो ।फोरमका अध्यक्ष राजु लामाले यस सम्मेलनले मातृभाषा पत्रकारिताको विकासका लागि नेपालका पत्रकार मात्र नभई दक्षिण एसियाली पत्रकारबिच ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कार्यक्रमको रुपरेखाबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal