आज :

शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा बौद्ध विद्वान, परम्परावादीहरू सहमत

  • अनलाइन डबली

काठमाडौँ  ।बौद्ध सम्पदाका विद्वान र बौद्ध परम्परावादीहरू बुद्धसँग सम्बन्धित साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा सहमत भएका छन् । पाकिस्तानको परराष्ट्र मन्त्रालयले मङ्गलबार र बुधबार दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा गन्धारा टु द वर्ल्ड शीर्षकमा उक्त सहमति गरेको हो ।

गान्धर बौद्ध परम्परालाई महायान बौद्ध परम्पराको जन्मस्थल मानिन्छ। पुरातन तक्षशिला विश्वविद्यालय, जसलाई अहिले तक्षशिला भनिन्छ,  यही क्षेत्रमा सो बिद्यालय अवस्थित रहेको इतिहास पाइन्छ ।     कार्येक्रममा बुद्ध परम्पराको विकास गर्दै शान्ति र समृद्धिको नयाँ आयाम खोज्ने क्रममा विज्ञले दक्षिण एसिया र अन्य मुलुकमा रहेका प्राचीन बुद्ध सम्पदाको एकीकृत परिपथ सञ्चालनमा सहभागीहरुले  जोड दिएका छन् । नेपालमा बुद्धको जन्मस्थल लुम्बिनी र गान्धाराबीचको सम्बन्ध अन्य बौद्ध सम्पदाको संयोजन हुने विश्वास गरिन्छ ।

गान्धारको बौद्ध सम्पदा युरोप र चीनसँग सम्बन्ध स्थापना गर्ने गेटवे पनि हो। गान्धार प्राचीन सिल्क रोड र ग्रिसेली परम्पराको बौद्ध मूर्तिकला द्वारा विशेषता हो। गैतम बुद्धको पहिलो मुर्ति यही क्षेत्रमा कोरिएको र बुद्धमूर्तिको परम्परा पनि विकसित भएको मानिन्छ ।अस्टिन विश्वविद्यालयको टेक्सासका वरिष्ठ अनुसन्धानकर्ता नदिम ओमर तरारले  त्यसकारण विश्वले यसमा चासो राखेको  बताए ।

यसैगरी श्रीलङ्काका बौद्ध शासन, धार्मिक मामिला तथा संस्कृति मन्त्री विदुरविक्रम नाइकेले बौद्ध सम्पदाको एकीकृत विकास र भावी पुस्तामा हस्तान्तरणका लागि एकीकृत कार्यक्षेत्र बनाउन आह्वान गर्दै  वर्तमान र भविष्यका आधारमा काम गर्नुपर्ने सुझाव दिए ।

श्रीलङ्काको बुद्ध शासन, धार्मिक मामिला तथा संस्कृति मन्त्री विदुरविक्रम नायकेले बौद्ध सम्पदाको एकीकृत विकास र भावी पुस्तामा हस्तान्तरणका लागि एकीकृत कार्यजोना बनाएर काम गर्न आग्रह गर्नुभयो। त्यसका लागि विगत, वर्तमान र भविष्यका आधारमा काम गर्नुपर्ने सुझाव दिनुभयो।

पाकिस्तानको धार्मिक मामिला तथा आन्तरिक सद्भाव मन्त्री चौधरी सालिक हुसैनले जुनसुकै धर्म वा सम्प्रदायमा पनि अतिवाद समस्या रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्दै सद्भाव र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले त्यसका लागि कार्ययोजना बनाउन पाकिस्तान तयार रहेको पनि बताउनुभयो।

थाइल्यान्डको बौद्ध सङ्घका वरिष्ठ भिक्षु डा. अनिल शाक्यले बौद्ध परम्पराको संरक्षण र सम्बद्र्धन गर्न सबैभन्दा पहिले तिनमा हुने गरेको राजनीति अन्त्य गर्न सुझाव दिनुभयो। उहाँले पाकिस्तानको नाम नै पवित्रस्थल रहेको भन्दै गान्धार सभ्यताको पुनरुत्थान गरेर रेशम मार्ग र उत्तरापथको माध्यमबाट विश्व समुदायमा पहुँच दिन सकिने बताउनुभयो।

पाकिस्तानको हजारा विश्वविद्यालयको पुरातत्व विभागका अध्यक्ष प्राध्यापक सकिरुल्ला खानले गान्धारा मात्र नभई पाकिस्तानका सबै जसो स्थानमा बौद्ध सम्पदा रहेको तर ती सबैको अध्ययन, अनुसन्धान, उत्खनन र संरक्षण हुन नसकेको बताउनुभयो।

पाकिस्तानका निमित्त विदेश सचिव मारियम मदिना आफताबले गान्धारा अन्तर सांस्कृतिक सम्बन्ध स्थापनाका लागि रणनीतिक सभ्यता विकासको स्थल रहेको भन्दै त्यसको संरक्षण र संवर्धन गरी विश्व समुदायमा प्रचार प्रसार गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो।

युवा पर्यटन सजजीकरण नेटवर्कका प्रमुख कार्यकारी अभिकृत जहुर दुरानीले राष्ट्रिय ध्वजावाहक पाकिस्तान एयरलाइन्सले बौद्ध परम्पराका मुलुकहरुमा प्रत्यक्ष हवाई सेवा सुचारु गरेर यस क्षेत्रको विकासका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal