आज :

सुर्खेत जीप दुर्घटनाः ज्यान गुमाउनेको संख्या ४ पुग्यो, तीन जना कालिकोटका

  • अनलाइन डबली

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेका छन् ।

त्यसैगरी घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal