आज :

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटनामा परी २ जनाको मृत्यु, राति दुर्घटना भएकोले ढिलो जानकारी 

  • अनलाइन डबली

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना भएको छ । बिहीबार राति २ बजे भएको उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । उद्दार गरिएको २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट ३ सय मिटर तल खसेको अवस्थामा भेटिएको छ । दुर्घटना राति भएकोले ढिलो उद्दार भएकोले बढी क्षति हुन सक्ने प्रहरीले जनाएको छ ।

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । उद्दार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal