काठमाडौँ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।
अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेज गरेको बताए ।
त्यसैगरी अर्थमन्त्री पुनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको घोषणा समेत गरे ।