आज :

प्रेस सेन्टरले विभिन्न कार्यक्रम गरी देशभर मनायो कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवस

  • अनलाइन डबली

काठमाडौं । पत्रकार एवम साहित्यकार कृष्णसेन इच्छुककको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

संगठन केन्द्रीय समितिको आयोजना तथा उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको संयुक्त समन्वयमा संगठनको कार्यालय बवरमहलदेखि माइतिघर प्रभातफेरी गरिएको थियो ।

संगठनले सेनको सम्झनामा जिल्ला, प्रदेशमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।

काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी संगठनको कार्यालय बवरमहलमा संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतमा कोणसभा गरिएको थियो । प्रभातफेरी एवम कोणसभामा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनुभएका पूर्व सभामुख अग्नि सापकोटा, सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायतको सहभागिता रहेको थियो । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी लगायतको सहभागिता रहेको थियो । यस्तै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, पूर्व महासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

दिवसका अवसरमा प्रेस सेन्टर नेपालले माघ १५ गते संगठनको स्थापना दिवसका अवसरमा दिनेगरी विभिन्न पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम पनि घोषणा गरेको छ । जसमा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कारमा जनादेशका पुर्व सम्पादक कोमल बराललाई, शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार मन्जीमा ढकाललाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक युवनाथ लम्सालले जानकारी गराएका छन् ।

प्रेस सेन्टर नेपालले सातै प्रदेशमा प्रदेश समिति, ७७ वटै जिल्लामा जिल्ला समितिले प्रभातफेरीसहित विभिन्न कार्यक्रम गर्दै कृष्णसेन इच्छुककको २२ औँ स्मृति दिवस मनाएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal