आज :

अर्थमन्त्री पुनले संसदमा पेश गरे आगामी आर्थिक सर्बेक्षण–२०८१

  • अनलाइन डबली

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको आर्थिक सर्वेक्षण २०८१ प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् । नेपाली काँग्रेसको नाराबाजीबीच आइतबारको संसद बैठकमा अर्थमन्त्रीले पुनले चालू वर्षका आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै देशको समग्र अर्थतन्त्र सकारात्मक स्थितिमा आइरहेको बताए ।

अर्थमन्त्री पुनले चालू वर्षमा मुलुकको आर्थिक विस्तार ३.९ प्रतिशतले हुने बताउँदै उत्पादनमूलक क्षेत्रमा आएको सङ्कुचनका बाबजुद सेवा क्षेत्र र कृषि क्षेत्रमा आएको सुधारले यो स्तरको वृद्धि हुने अनुमान सरकारको छ ।

मन्त्रीले पुनले गण्डकी, बागमती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरेका छन् । चालू वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने विश्वास पुनले व्यक्त गरे । उनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान समेत पेश गरे ।

चालू वर्षको फागुन महिनासम्म मुद्रा स्फीति ६.०८ प्रतिशत छ । राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको बताउँदै अर्थमन्त्री पुलने चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा सङ्घीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको छ ।

२०८० फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९।६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत छ । आर्थिक वर्ष ०७९/०८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६करोड र राजश्व बाँडफाँडमार्फत १ खर्ब २० अर्ब २६करोड गरी जम्मा ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।

यस्तै वित्तीय क्षेत्र सबल बन्दै गएको अर्थमन्त्री पुनले बताए । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, कर्जाको ब्याजदर घट्दोक्रममा रहेको उनले बताए । चालू वर्षको फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको छ । यससँगै प्रतिशाखा जनसङ्ख्या २ हजार ५१५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal