आज :

वित्तिय साक्षरता तथा केन्द्र अन्तरकृया कार्यक्रम सम्पन

  • अनलाइन डबली

 

स्वावलम्बन लघु वित्त वित्तीय संस्था लि शाखा कार्यालय लेले, ललितरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रममा आथिक बर्ष २०७९/o ८० मा शाखा अन्तरगत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार  वितरण गरिएको थियो । त्यस्तै, शाखा कार्यालय अन्तरगत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र न ७५ सम्म  नं. ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई रु.१० हजार नगद पुरस्कार  वितरण गरिएको थियो ।
केन्द्र नं. ६३ का  घढसना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले,ललिकाका  प्रहरी सहायक निरीक्षक भिम बहादुर  कोइरालाको आतिथ्यमा संचालित कार्यक्रमका विशिष्ठ अतिथिको रुपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायव विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अथिति प्रहरी सहायक निरीक्षक कोइरालाले लघु वित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकोले यसमा प्रहरीको साथ रहेको बताउनु भयो । विशिष्ठ अतिथि मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भैरहेका नराम्रा गतिविधिहरु बात सर्तक रहन सदस्यलाई आग्रह गर्नु भयो । त्यस्तै इलाका कार्यालय ठिमी, भक्तपूराका रेखा कुमारी खैरगोलीले लघु वित्तबाट प्रदान भैरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा बृद्धि गर्न सल्लाह दिनु भयो । कार्यक्रममा करीब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal