आज :

बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति पौडेल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा आपसी सद्भाव र राष्ट्रिय एकतामा बल पुग्ने बताएका छन् ।

उनले शान्तिका प्रतीककारुपमा विश्वभर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु नै नेपालीका लागि गौरवको विषय भएको बताए ।

बिहीबार २५६८ औँ बुद्ध जयन्तीका सन्दर्भमा शुभकामना सन्देशमार्फत् उनले भनेका छन्, ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले बुद्ध जयन्तीका अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal