आज :

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको लागि देशव्यापी आन्दोलन गर्ने काँग्रेसको निर्णय

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निर्णय गरेको पार्टीका कन्द्रीय सदस्य नैंनसिंह महरले जानकारी दिए ।

महरले भने,‘शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र जुन जुन जिल्लामा सहकारी पीडितहरुको सङख्या बढि छ त्यो जिल्लामा हामीले अनुसन्धान गर्ने र त्यसैअनुसार संघर्षको काम गर्ने छौं ।’

उनले कांग्रेसको नेतृत्वको पदाधिकारीहरूले जसरी ड्राइभ गरेका छन् त्यसले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन नसकेको टिप्पणी गरे । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा झन दिनदिनै नाजुक अवस्थामा गइरहेको उनको भनाई छ ।

‘केपी ओलीको सरकारले संसद विघटन गरेको बेलादेखि नै कांग्रेसको नेतृत्वको आजको बेला पाँच छजना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ । उहाँहरुको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन । यसका विषयमा समीक्षा हुनुपर्छ । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा दिन दिनै नाजुक र गलत अवस्थामा लैजाने कुरा राम्रो हुँदैन’ महरले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal