आज :

हिमाल, जनता र जलवायु सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय संवाद आजबाट

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदै छ ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ दुई दिन सम्म आयोजना गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संवाद कार्यक्रमको उद्घाटन गर्ने छन् ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य सो संवाद कार्यक्रम नेपालमा आयोजना गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा २५ देशका ५० भन्दा बढी विषयगत विज्ञहरुको सहभागिता रहनुका साथै २०० प्रतिनिधिहरुले कार्यक्रममा सहभागीता जनाउने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बंगलादेशका वातावरण, वन तथा जलवायु मन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपंक्षीमन्त्री योन्तेन फुन्टसोले सहभागीता जनाउँने छन् । यस्तै, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयका लागि परामर्श निकाय (एसबिएसटिए) का अध्यक्ष हेरी भिरुयल्सले समेत सहभागीता जनाउनेछन् । उनीहरु तीनै जना नेपाल आइसकेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगरबार साँझ भेट समेत गरेका छन् ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा पारिरहेको नकारात्मक प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउँदै आएको । गत वर्ष दुबईमा सम्पन्न (कोप– २८) मा समेत नेपालले जलवायु परिवर्तनमा शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर खेप्नुपरेको यथार्थलाई प्रस्तुत गर्दै जलवायु परिवर्तनबाट देखिएको बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता गम्भीर असरको अन्त्य हुनुपर्ने बताएको थियो ।

हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार रहेको स्पष्ट पार्दै जलवायु परिवर्तन र बढ्दो तापक्रमका वृद्धिका कारण नेपालका हिमालय बढी जोखिममा परेको यथार्थलाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै कोपमा पुगेको प्रधानमन्त्री दाहालले विश्व समुदायको ध्यानाकर्षण गराउँदै न्याय माग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal