आज :

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै, संसद अवरोध जारी राख्ने नराख्नेबारे छलफल हुने

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको कांग्रेसले सत्ता पक्षले छानबिन समिति गठन गर्न समेत नमानेपछि अब त्यो विषयलाई जनस्तरसम्म पु¥याउने निर्णय गरेको हो ।

आज बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको विषयले निम्तिएका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

‘हामीले देशको गृहमन्त्रीमाथि नै ठगीको आरोप लाग्यो, त्यसको छानबिन गरौँ भनेका हौँ । तर आरोपित व्यक्ति उल्टै सौदाबाजी र पूर्वाग्रहमा उत्रिएको देखिएको छ,’ सहमहामन्त्री परियारले भने, ‘उहाँले संसद्बाट कांग्रेस नेताहरुलाई लगाएका आरोप उहाँले पुष्टि नगरे उहाँ पनि कारबाहीको भागेदार हुनुपर्छ ।’

नेताहरूले कांग्रेसले यो विषयलाई जनस्तरसम्म पु¥याउने र सडक प्रदर्शनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal