आज :

अखिल (क्रान्तिकारी) को प्रश्नः बेपत्ता योद्दाको स्थिति कहिले सार्वजनिक हुन्छ

  • अनलाइन डबली

काठमाडौं । लोकतान्त्रिक गणतन्त्रकालागि लडेर वेपत्ता भएका योद्दाहरुको अवस्था सार्वजनिक गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ । सोमबार अध्यक्ष पञ्चा सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै देश र जनताको लागि वेपत्ता भएका योद्दाहरुको सपना साकार गर्ने प्रतिबद्दतासमेत जाहेर गरेकी छन् ।

विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छ । गास,वास ,कपास, शिक्षा ,स्वास्थ्य ,रोजगार लगायत मौलिकहकको रुपमा संविधानमै लिपिवद्द पार्न सफलता हासिल गरेको छ । महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो संगठन वेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित बेपत्ता योद्दाहरुका सपना पूरा गर्ने प्रतिवद्धता दोहोर्याउँछौं ।’वेपत्ता योद्धाका योगदानको उच्च मुल्यांकन गरि बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्ततिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै भनिएको छ,‘बेपता योद्दाहरुको सास वा लास हामिले कहिले पाउने र यो प्रश्न हामी फेरि पनि दोहोर्याउदै बेपत्ता योद्दाहरुको स्थिति तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौ । बेपत्ता योद्धाहरुप्रति फेरि एकपटक उच्च सम्मान व्यक्त गर्दछौं , धन्यवाद ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal