आज :

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ र विपक्षमा शून्य मत

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा मत खसेको छ ।

त्यसैगरी दिन्ने पक्षमा १ मत परेको छ ।

सभामुखले प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा समेत प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नाराबाजी जारी राखेकोमा असन्तुष्टी राखेका थिए ।

विश्वासको मत सम्बन्धी प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले काँग्रेसको यस्तो गतिविधिले इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले आफूले काँग्रेसलाई सहकार्य र संवादको लागि गरेका प्रयासहरुलाई बेवास्ता गर्दै विश्वासको मत अवरोध गर्नु गलत रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal