आज :

रविविरुद्ध गगनको पत्रकार सम्मेलनः गृहमन्त्री हो कि टिभीको प्रस्तोता ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री  एवं सांसद गगनकुमार थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामछिानेले सांसद, मिडिया र आम नेपाली नेपाली नागरिकलाई बहकाउने काम गरेको आरेप लगाएका छन् ।

गृहमन्त्री लामिछानेले बोलेलगत्तै संसद भवनमै थापाले पत्रकार सम्मेलन गरेका थिए । उनले लामिछानेले गृहमन्त्री हो भन्ने बिर्सिएर टिभीको प्रस्तोता रुपमा संसदमा पेश भएको बताए । उनले आफूलाई पनि अलमल भएको समेत थापाले बताए ।

‘पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम… भन्नुहुन्थ्यो । कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो । कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो । आज मलाई गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने आज मलाई अलिकति अलमल भयो । गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो’ थापाले भने ।

संसदको लोत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्रीले आम जनतालाई भड्काउने काम गरेको आरोप लगाए । फाइल खोलिदिउँ वा अनुसन्धान गरिदिउँ भन्दै थर्काउने काम गरिरहेको थापाको भनाइ छ ।

उनले भने, ‘तेरो फाइल खोलिदिउँ भन्दै थर्काइरहनुभएको छ गृहमन्त्रीज्यूले । गृहमन्त्रीले भन्ने हो कि गर्ने हो ? गृहमन्त्रीले त अनुसन्धान गर्ने हो । दोषी भए कारबाही गर्ने हो । त्यसरी थर्काएर हुदैन । ल गृहमन्त्रीले जे जेमा समिति बनाउने हो बनाउनुस्, हामी तयार छौं । आज संसदमा उठाउनुभएको जे जे विषयमा संसदीय समिति बनाउने हो, बनाउनुहोस् हामी तयार छौं । एउटा एउटा विषयमा गृहमन्त्रीले समिति बनाउन अनुरोध गर्छौं । १० वर्ष, १५ वर्षसम्मको छानबिन समिति बनाए हुन्छ ।’

जननिर्वाचित सांसदले बोल्न पाउने हक भएकै कारण लामिछानेलाई सदनमा बोल्न दिइएको समेत थापाले बताए ।

उनले अघि भने, ‘बोल्न पाउने हक भएकै कारण गृहमन्त्रीलाई आज बोल्न दियौं । तर मैले बोलेपछि पनि अरु बोल्नै नहुने र अघि पनि बोल्न नहुने जिद्दी रहि नै रह्यो । सभामुखज्यूलाई उहाँको कुरा हामी धैर्यतापूर्वक सुन्छौं त्यसपछि हाम्रो कुरा पनि राख्न दिनुस् भन्दा मान्नु भएन । त्यसपछि सदनमा जे कुरा राख्नुपर्ने थियो त्यही कुरा राख्न मैले पत्रकार सम्मेलन गरेको हुँ ।’

लोकतान्त्रिक पद्धतिअनुसार संसदीय प्रक्रिया अगाडि बढाउनुपर्नेमा एउटालाई बोल्न दिएपछि सदन बैठक नै स्थगित गर्नु उचित नभएको उनले बताए ।

आइतबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न दिएपछि पूर्वनिर्धारित कार्यसूचीका सबै कार्यक्रम हटाइएको जानकारी गराएर बैठक सोमबारसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal