आज :

गृहमन्त्रीले भने- राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने कांग्रेसको रुटिन छ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए । लामो रस्साकस्सीपछि सदनमा बोल्न पाएका लामिछाने प्रतिपक्षी दलप्रति आक्रमक देखिए ।

उनले भने, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइँन । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौं वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसदले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौं ।’

उनले टेलिभिजनमा हुँदादेखि राजनीतिसम्म नै आफू तारो भएको गुनासो गर्दै लोकतान्त्रिक दलकै निसानामा आफू रहेको जिकिर गरे ।

उनले भने, ‘टेलिभिजनमा हुँदा सबैको तारो भए । राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु । सारा मिडियाको पनि तारो बनिरहेको छु । लोकतान्त्रिक शक्ति हुँदा हुँदै लोकतान्त्रिक दलकै निसानामा छु । मलाई साथीहरु भन्नुहुन्छ मिडिया मिलाउनुहोस्, म भन्छु मिलाउँदिन, जनताका लागि विद्यालय मनाउन आएको हुँ नमिलेका संविधानका धाराहरु मिलाउन आएको हुँ । अनि अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरु खोल्न आएको हुँ म मिडिया मिलाउन आएको होइन, सक्दिन, मिलाउदिन ।’

उनले प्रतिपक्षीप्रति आक्रामकहुँदै विगतका विभिन्न काण्डमा धेरै राजनीतिज्ञहरु मुछिएको दृष्टान्त दिए । व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने दाबी उनले गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal