आज :

‘जीबी राई कहाँ छ, रवि दाईलाई थाहा छ’ (तस्बिरहरू)

  • अनलाइन डबली

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ ।

दिउँसो उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेवि संघ आइतबार काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो ।

‘जीबी राई कहाँ छ ? रवि दाईलाई थाहा छ,’ ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्ड नेविसंघका विद्यार्थीले बोकेका थिए ।

सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो ।

तस्बिर : अन्जन वाग्ले/एनएनबी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal