काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । सोडारीको पक्षमा २८ र विपक्षमा शून्य मत परेको छ ।
पहिलो बैठक सुरु हुनासाथ रोष्ट्रम घेराउ गरेको नेपाली काँग्रेस र रेशम चौधरी पक्षका सांसदहरु बहिस्कार गरेका थिए । त्यस्तै, राप्रपाका सांसद पनि विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।
नेकपा एसका सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।