आज :

राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

  • अनलाइन डबली

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आज राष्ट्रपतिले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई संसदमा प्रस्तुत गर्न आह्वान समेत गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको गरेको छ ।

“सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । आर्थिक वर्ष अगावै १६ औं पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय भयो” मन्त्री शर्माले भनिन् ।

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal