काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजिनामा दिएपछि अशोक राई नेतृत्वको जसपाले तीन जना मन्त्री सरकार पठाएको छ ।
जसपाले पठाएका एक मन्त्री र दुई राज्यमन्त्रीलाई साँझ ६ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
जसपाले प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानलाई राज्य मन्त्री बनाउने बताइएको छ । स्रोतका अनुसार यादवलाई स्वास्थ्य तथा जनसंख्या र झालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिने गरी सरकारमा पठाएको जसपाका एक नेताले बताए ।
राईको नेतृत्वमा बैशाख २२ मा पार्टी विभाजन भएको थियो । वनमन्त्री जसापतिर लागेका थिए ।