आज :

बजेट अधिवेशनमा पहिलो दिनमै काँग्रेसको नाराबाजी, छानविन समिति नबनाएसम्म अबरोध जारी राख्ने

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । बजेट अधिवेशनको पहिलो दिनमा नै काँग्रेसले नाराबाजी गर्दै काँग्रेसले यसअघिको मागलाई नछोड्ने भन्दै संसद बैठक अवरुध गरेको हो ।

बैठक सुरु हुने बितिक्कै काँग्रेस सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका थिए ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसद्‌मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’

काँग्रेसको यो अडानले सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या पार्ने देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal