आज :

रवि लामिछानेविरुद्ध छानविन समिति बन्दैनः ओली

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सनक चलेकै आधारमा उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध छानविन समिति नबन्ने बताएका छन् । ओलीले चालिछानेलाई काँग्रेसले जबरजस्त दोषी करार गर्न लागिपरेको बताए ।

शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उजुरबाजुर कतै केही नभएको अवस्थामा कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको समेत बताए ।

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताउँदै ओलीले भने, “प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन, नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन ।

ओलीले रविविरुद्ध छानविन समिति बने काँग्रेसले राजिनामा माग्ने समेत बताउँदै भने, “केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal