आज :

कोशी प्रदेशको मुख्यमन्त्रीको लागि एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै

  • अनलाइन डबली

काठमाडौं । अल्पमतमा पर्दा पनि मुख्यमन्त्री केदार कार्कीले राजिनामा नदिएपनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । मुख्यमन्त्रीको लागि दुई दिनभित्र दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

निवर्तमान मुख्यमन्त्री कार्कीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिँदा समेत न विश्वासको मत लिए न राजिनामा दिएपछि प्रदेश खापुङ अगाडि बढेका हुन् ।

कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले पदमुक्त गर्दै संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

केन्द्रमा नयाँ समिकरण बनेपछि कार्कीको सहज बहिरगमनको लागि लामो समय कुरेका एमाले र माओवादीले चैत्र २६ गते समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री कार्कीले बैशाख २५ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत लिइसक्नुपर्ने थियाे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

दुई दलले समर्थन फिर्ता लिइसक्दा पनि मुख्यमन्त्री कार्की भने संविधानको धारा १६८ (५) बमोजिमको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने अडान राख्दै आएका थिए ।

तर प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय प्राप्त गरेपछि बुधबार राति ११ बजे नयाँ सरकार गठन आह्वान गरिएका थिए ।

नयाँ मुख्यमन्त्रीको लागि नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज दाबी पेश गर्ने तयारी गरेका छन् ।

कोशीमा सरकार गठनको लागि एमाले र माओवादीसँग बहुमत छ । कुल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४७ मत आवश्यक पर्छ । एमालेसँग ४० र माओवादी केन्द्रसँग १३ सांसद गरी ५३ जना सांसद समर्थनमा कार्कीले दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal