आज :

इलाममा सुहाङको अग्रता फराकिलो हुँदै, बझाङमा एमाले पछि पर्यो

  • अनलाइन डबली

काठमाडौं । उपचुनावको मतगणना जारी रहेको छ । इलाममा नेकपा एमालेको अग्रता कायमै छ भने बझाङमा नेपाली काँग्रेसले एमालेलाई उछिनेको छ ।

बझाङमा २० हजार ३३ मत गन्दा पहिलो पटक कांग्रेसले अग्रता लिएको हो ।

काँग्रेस उम्मेदवार अभिषेक बहादुर सिंहले ७४९२ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार दमन बहादुर भण्डारी ७२२८ मतसहित पछ्याइरहेका छन् । उनी २६४ मतले पछि परेका छन् ।

तेस्रोमा झरेका नेकपा माओवादीका उम्मेदवार जनक बहादुर बुढाले २८९५ मत पाएका छन् । उनी ४५९७ मतले पछि परेका छन् ।

सुहाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सोमबार विहानसम्मको मत परिणामअनुसार सुहाङले ७६७७ मतसहित अग्रता कायमै राखेका छन् । नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का ५३९५ मतसहित पछ्यारहेका छन् ।

खड्का २२८२ मतले पछि परेका छन् ।

त्यसैगरी हर्क साम्पाङका उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ४०५८ मत पाएका छन् ।

रविका अकबरे उम्मेदवार भन्दै चर्चामा रहेका मिलन लिम्बुले १ हजार मत कटाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal