आज :

बझाङ र इलामको ताजा परिणामः काँग्रेस–एमाले कति मतले अगाडि ? रास्वापाको अवस्था कस्तो छ ?

  • अनलाइन डबली

काठमाडौँ । उपचुनाव अन्तरगत इलाम र बझाङमा मत गणनाको ताजा परिणाम आइरहेको छ । इलाम–२ को नेपाली काँग्रेसका उम्मेदवार गम्बर बहादुर खड्काले सुरुदेखि नै अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार १७२२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३७० मत पाएको मत गणनास्थलमा रहेका काँग्रेसका एक नेताले जानकारी दिए ।

नयाँ शक्ति भन्दै निकै प्रचार गरेका रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो नम्बरमा रहेका छन् । त्यो भन्दा अगाडि हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ३९० मत प्राप्त गरेका छन् । मिलनले २९५ मत पाएका छन् ।

यो परिणाम प्रारम्भिक भएकोले अहिले नै कसले जित्छ भन्न नसकिने बताइएको छ ।

उता बझाङमा भने एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३५० मत पाएका छन् । काँग्रेस उम्मेदवार अभिषेकबहादुर सिंह ७३० मत पाएका छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले ४९० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३९५ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal