आज :

इलाम–२ को मतगणना सुरु, बझाङमा पनि तयारी

  • अनलाइन डबली

काठमाडौं । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो ।

२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो । मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ ।

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

यसैबीच उता बझाङ प्रदेशसभा (क)मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal