आज :

इलाम र बझाङमा मतगणना आजबाट सुरु, भोलिसम्म अन्तिम परिणाम

  • अनलाइन डबली

काठमाडौं । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन ।

त्यसैगरी बझाङ क्षेत्र नम्बर १ (१) को मतपेटिका आज विहानसम्म संकलन भइसक्ने र  त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

इलामको मतगणना सदरकुकामको गौतमबुद्ध सभागृह हुने छ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुने छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि हिजो रातिबाट मत गणना हुन सकेको हो ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका अहिले ल्याउने तयारी भइरहेको छ । आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal