आज :

मतदान सकियो, इमालमा आजै मतगणना गर्ने तयारी र बझाङमा भोलि

  • अनलाइन डबली

काठमाडौ । बझाङ र इमालमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । इलाम–२ र बझाङ प्रदेशसभा (क) मा उपचुनाव भएको थियो ।

बझाङ र इमालमा कति मत खस्यो भन्ने निर्वाचन आयोगले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । ४ बजेसम्म इलाममा ५५ प्रतिशत मत खसेको बताइएको थियो ।

यसैबीच इलाममा आजै मतगणनाको तयारी भइरहेको छ । मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ । इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो ।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ ।
उता बझाङमा भने भोलिमात्रै मतगणना सुरु हुने भएको छ । केही मतदानस्थल दुर्गम भएका कारण रातिसम्म मतपेटिका संकलन भइसक्ने र सर्वदलीय बैठक बसेर मतगणना गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal