आज :

कर्णालीमा मन्त्री रणसिंह परियारले दिए शपथ, लुम्बिनीमा ७ मन्त्रीले पाए जिम्मेवारी

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । बुधबार नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्रीमा सिफारिस गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

आजै प्रदेश प्रमुख तिलक परियारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । परियारलाई अहिले कुनैपनि जिम्मेवारी तोकिएको छैन ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

परियार हुम्ला प्रदेश सभा (क) मा नेकपा )माओवादी केन्द्र) निर्वाचित सांसद हुन् ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री महराले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानी मन्त्रीमा भूमिश्वर ढकाल, वन तथा वातावरणमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी तोकेका छन् ।

यसैगरी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।

चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए ।

यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् । जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको हो ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal