आज :

गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितीमा सजह अनुभव नभएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिक्ने हो रु त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ । यति भनौं परिस्थिती सहज छैन् । हामीले सहज ठानिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौं । समाजमा जन्मेका पनि होईनौ । कसैको दास बन्ने हाम्रो नियत पनि होईन् ।’

यस्तै, उनले देशभक्ति र कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए । उनले भने, ‘हामी देशभक्ति आन्दोलनलाई अगाडि बढाउन चाहन्छौ र त्यसको आवश्यकता अझै पनि छ ।

कम्युनिष्ट आन्दोलनले जनताको माझमा लोकतन्त्रको आवाज बुलन्द गर्नुपर्छ । निरङ्कुश साशनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिष्ट आन्दोलनकै हो । लोकतन्त्रको संवाहक पनि कम्युनिष्ट पार्टी नै हुन् । जनताका जनजीविकाको सबालमा जनताको पक्षमा हामी लाग्नुपर्छ । परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह गर्न नसकेसम्म परिवर्तन सम्भव हुदैँन् ।’
नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवद्र्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal