आज :

विज्ञानको विकासलाई दर्शन र कार्यक्रममा जोड्न नसक्दा कम्युनिस्ट आन्दोलनमा समस्याः श्याम श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ । राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले विज्ञान र कम्युनिस्ट आन्दोलन पूर्व र पश्चिमजस्तो भएको बताएका छन् । विज्ञान, प्रविधिको विकासलाई कम्युनिस्ट पार्टीहरु आफ्नो विचार, दर्शन र कार्यक्रममा नजोडेका कारण नेपाल र विश्व कम्युनिस्ट आन्दोलन सही दिशामा अघि बढ्न नसकेको बताएँ ।

“विज्ञानमा अझै ठूलाठूला विकास हुँदै जानेछन् । यसले दशर्नमा के प्रभाव पारेको छ भन्नेबारेमा नेपाली कम्युनिस्ट र विश्व कम्युनिस्ट आन्दोलनमा छलफल भइरहेको छैन” श्रेष्ठले भने । उनले विश्वको कम्युनिस्ट आन्दोलन विचलनमा जानुको फरक कारण नभएको समेत बताए ।

नेपालमा अहिले परिवर्तन चाहने समुदाय बढी भएकाले कम्युनिस्ट आन्दोलनको लागि उर्बराभूमि भएको बताउँदै श्रेष्ठले सधै अवस्था नरहने बताए । उनले मध्यम वर्गको बाहुल्यता बढ्ने बित्तिकै अवस्था उल्टिने बताए ।

नेपालमा नागरिक आन्दोलन आवश्यकता रहेको बताउँदै युवाहरु जुर्माएर बढ्न जरुरी भएको बताए । त्यसको लागि नयाँ पुस्ता तयार हुनुपर्ने बताए ।

संसारमा ज्ञान र विज्ञानको विकास भइरहेको छ । लेनिनले त्यो बेलासम्मको विज्ञानको विकासलाई अध्ययन र उपयोग गरेको बताउँदै त्यो चीनमा माओले पनि गरेको तर नेपालमा त्यतातिर कहिलै नसोचेको बताए ।

“संसार बदलिरहेको छ, विज्ञानमा अनेकौं विकास भइरहेको छ । तर त्यसलाई लिएर दर्शनमा के थप्ने हो ? द्वन्द्वात्मक भौतिकवादमा के विकास गर्नुपर्ने हो, के सुधार गर्नुपर्ने हो भन्ने कुरामा हामीले टाउको नै खियाएनौं” श्रेष्ठले भने ।

अहिलेको व्यवस्था बदल्न नेपालको विश्लेषण आफैले गर्नुपर्नेमा बताउँदै श्रष्ठले भने, “देशलाई चिन्नु जरुरी छ । हाम्रो देशको वर्ग र सामाजिक राजनीतिक विश्लेषण अरु कसैले आएर गर्दिने होइन, हामीले नै गर्नुछ । नेपालको वर्ग विश्लेषण गरेनौं, माक्र्स, लेनिन र माओले गरेकै विश्लेषणमा भर पर्यौ ।”

नेपालमा कम्युनिस्ट पार्टीभन्दा बाहिरबाट वर्ग विश्लेषण भएको तर कम्युनिस्टहरु चुकेको बताए । सबै कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आउनेगरी वर्ग विश्लेषण नभएको बताउँदै श्रेष्ठले नेपाललाई बदल्न नसकेको दाबी गरे ।

नेपाल बदल्नु अघि चिन्नु पर्ने बताउँदै श्रेष्ठले भने, “नेपाल चिन्ने कसरी ? नेपालालई बदल्नुअघि त चिन्नुपर्यो । नेपाल नचिनी बदल्ने कसरी ? विश्वलाई बदल्नको लागि पहिला चिन्नुपर्यो तर त्यो नेपालमा भइरहेको छैन । त्यसैले पनि कम्युनिस्ट पार्टीमा विचन भइरहेको छ ।”

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal