आज :

देशको इतिहास लेख्न हिंडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैनः रवि लामिछाने

  • अनलाइन डबली

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् । इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पाारे ।

तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए । उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् रु यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उनले अगाडि भने,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए । चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal