आज :

सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त

  • अनलाइन डबली

धनगढी । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो । उनलाई आफ्नै दल एकीकृत समाजवादी, एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन् । तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पु¥याएका हुन् । यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal