आज :

मन्त्रिपरिषद्द्वारा तीन जनालाई सचिव पदमा बढुवा

  • अनलाइन डबली

काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखा परीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो ।

उनीहरुलाई लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन ।
तोयम राय महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal